कैलाश पनेरू
महाप्रबन्धक, नेपाल औषधि लिमिटेड
नेपाल औषधि लिमिटेडले कस्ता कस्ता औषधिहरु उत्पादन गरिरहेको छ ?
हामीले नयाँ भन्दा पनि पुरानै औषधिहरुलाई निरन्तरता दिइरहेका छौं । त्यस्तै अहिले हामीले सुगर, प्रेसर, कोलस्ट्रोलर, जुकाका औषधिहरुको उत्पादन पनि सुरु गरेका छौं । हामीले उत्पादन गरेका औषधिहरु नेपालभरी नै उपलब्ध छन् । सिटामोल, जीवनजल जस्ता औषधिहरु त जीवनको एउटा पाटो जस्तै बनेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुले खरिद गर्ने औषधिहरुमा हाम्रो पहिलो प्राथमिकता रहेको छ । अर्को भनेको स्थानीय नियकाहरु जसले औषधि खरिद गर्दछन्, तिनीहरुलाई पनि हामीले ‘फोकस’ गरेका छौं ।
नेपाल औषधि लिमिटेडको स्थापना भएको आधा शताब्दी भन्दा पनि बढी भइसक्यो । र पनि बजारमा उपस्थिति कमजोर छ । किन होला ?
यो सरकारी स्वामित्व अन्तर्गतको औषधि उत्पादन गर्ने कम्पनी हो । निजी क्षेत्रका कम्पनीहरु जस्तो नाफा देखेमा उत्पादन गर्ने, नाफा नदेखेमा उत्पादन नगर्ने भन्ने हामीमा हुँदैन । हामीले घाटा व्यहोरेर भएपनि औषधिको उत्पादन गर्नुपर्छ । जीवन जल, सिटामोल जस्ता औषधिहरु सरकारको ‘प्राइस कन्ट्रोल’ भित्र पर्दछन् । हामीले चाहेर पनि औषधिको मूल्य बढाउन पाउँदैनौ । यो कम्पनी सरकारको स्वामित्वमा भएकाले हामीले यहाँ केही पनि गर्न सक्दैनौं । सबै कुरा सरकारले निर्णय गर्ने हो । हामीले त सरकारको निर्णय कार्यान्वयन मात्र गर्ने हो । अर्को भनेको कर्मचारीको कुरा आउँछ । निजी कम्पनीहरुमा ‘हायर एण्ड फायर’ को कुरा आउँछ । कर्मचारीले काम गर्न सकुनजेल काममा लगाउँछन् । अर्थात सक्षम भइन्जेल काममा लगाइन्छ । काम गर्न असक्षम भएपछि कामबाट निकालिन्छ । तर हाम्रोमा त्यस्तै हुँदैन । सबै स्थायी कर्मचारी भएकाले उनीहरुले ‘पेन्सीन’ (अवकास) नपाउनजेल सम्म हामीले चाहेर पनि कामबाट निकाल्न सक्दैनौं । निजी क्षेत्रले १०÷१५ जनाले गर्न सक्ने काममा हामीले ५० जना भन्दा बढी कर्मचारी राख्नुपरेको छ । त्यस्तै निजी क्षेत्रले परिवर्तित बजार अनुसार नयाँ नयाँ उपकरणहरु चाहेको बेलामा तुरुन्त खरिद गर्न सक्छ । त्यस्तै कच्चा पदार्थ पनि मूल्य घटेको समयमा तुरुन्तै खरिद गर्न सक्छ । तर हामीले कुनै पनि काम तुरुन्तै गर्न सक्दैनौं । कच्चा पदार्थ देखि लिएर नयाँ नयाँ मेशिनहरु खरिद गर्नुपर्दा खरिद ऐनमा टेकेर गर्नुपर्ने हुन्छ । सरकारको निर्णय कुर्नुपर्छ ।

हाम्रा उत्पादनहरु ‘प्राइस कन्ट्रोल’ अन्तरगत पर्दछन् भन्नुभयो । तर कच्चा पदार्थको मूल्य भने दिनानु दिन बढिरहेको हुन्छ । पेट्रोलियम पदार्थको जस्तो स्वचालित मूल्य निर्धारण गरिदिनुप¥यो भनेर तपाईहरुले सरकारलाई भन्नु भएको छैन ?
बजार अनुसार हामीलाई हिड्न दिनुप¥यो भनेर हामीले सरकारसँग पटक पटक अनुरोध गरिरहेका हुन्छौं । तर सरकारले हाम्रा मागप्रति चासो नै दिदैन । हामीले छिमेकी देश भारतकै कुरा गर्ने हो भने एउटा जीवन जलको भारतीय २५ रुपैयाँ पर्दछ । तर हामीले यहाँ नेपाली १० रुपैयाँमा बेचिरहेका छौं । समय सान्दर्भिक मूल्य परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ । यदि यसो गरिएन भने बजारमा टिकिरहन सकिदैन ।
औषधि उत्पादन गर्ने उद्योग भए पनि हामी स्वास्थय मन्त्रालय अन्तर्गत पर्दैनौ । हामी उद्योग मन्त्रालय अन्तर्गत पर्दछौं । सिटामोल र जीवन जललाई ‘प्राइस कन्ट्रोल’ अन्तर्गत नै राख्ने र त्यसमा भएको क्षतिपुर्तिको सोतभर्ना सरकारले गर्ने भनेर उद्योग मन्त्रालयको सह–सचिको नेतृत्वमा एउटा कमिटी बनेको छ ।

यो कम्पनी अहिले पूर्ण क्षमतामा संचालन भइरहेको छ त ?
औषधि उत्पादन ‘भेराइटी’को रुपमा हेर्ने हो भने हामी ‘क्यापासिटी वेस’मा जान सकेको छैनौं । अहिले उत्पादन भइरहेको औषधिको ‘क्यान्टिटी’लाई हेर्ने हो भने हामीले ‘फुल क्यापासिटी’मा पनि चलाउन सक्छौं । यो कम्पनीमा अहिले ४५ जना जति जशक्ति रहेका छन् भने केही ‘टेक्निकल म्यानपावर’लाई ‘युज’ गरेरसंचालन गरिरहेका छौं ।
अहिले उतपादन भइरहेका औषधिहरु मात्र बिक्री गरेर ‘सर्भाइभ’ हुन सकिन्छ ?
यो सरकारी स्वामित्वको कम्पनी भएपनि हामीलाई बजेट कतैबाट आउँदैन । औषधि बिक्री वितरण गरेर आएको पैसाले हामीले कम्पनी संचालन गर्ने हो । जहाँसम्म ‘सर्भाइभल’को कुरा छ, अहिले हामी ठिक छौं । अर्थात् हामी अहिले ‘सर्भाइभल फेज’मा छौं । तर सँधैभरी यो अवस्था नै रहिरहन्छ भन्ने होइन ।
अहिले हामीले ११ प्रकारका औषधिहरु उत्पादन गरिरहेका छौं । यी ११ थरी औषधि बिक्री वितरणबाट आएको पैसा नै कम्पनीको संचालन खर्च धानिरहेका छौं । अरु ८/९ प्रकारका औषधिहरु आर्को वर्षदेखि उत्पादन सुरु गर्दछौं ।
