२०८३ साउन ९ शनिबार

म्याग्दीका ७७ प्रतिशत योजना पाँच लाखभन्दा कम बजेटका

ई आर्थिक    शुक्रबार, भाद्र २० २०८२
1.1K
Shares
म्याग्दीका ७७ प्रतिशत योजना पाँच लाखभन्दा कम बजेटका

म्याग्दी ।  म्याग्दीका छ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन गरेका ७७ प्रतिशतभन्दा बढी योजना पाँच लाखभन्दा कम बजेटका छन्।

बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले कार्यान्वयन गरेका झण्डै एक हजार योजनामध्ये ७७८ वटा योजना पाँच लाखभन्दा कम बजेटका हुन्। ५० लाखभन्दा बढी बजेट भएका योजना ३१ मात्रै छन्।

अधिकांश योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका छन् भने अधूरा योजना प्रायः ठेक्का प्रक्रियाबाट भएका हुन्। टुक्रे योजनाले बजेट छरिएर प्रशासनिक खर्च बढेको, रणनीतिक योजना ओझेलमा परेको देखिएको छ।

स्थानीय तहहरूले वडामा बजेट वितरण गर्दा भूगोल, जनसंख्या र टोलअनुसार बराबरी गर्ने परिपाटीका कारण टुक्रे योजना बढेको प्राध्यापक गोरखबहादुर जिसीको टिप्पणी छ।

उनले जनप्रतिनिधि र कर्मचारीको स्वार्थरहित सहभागिता, प्राथमिकताको आधारमा योजना छनोट र रणनीतिक योजना केन्द्रित बजेट विनियोजनको सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij