२०८३ साउन १२ मंगलबार

जुवातास खेल्दै गरेका १३ जना पक्राउ

ई आर्थिक    आइतबार, भाद्र १५ २०८२
1K
Shares
जुवातास खेल्दै गरेका १३ जना पक्राउ

ई-आर्थिक, भक्तपुर ।  प्रहरीले शनिबार साँझ भक्तपुर र पोखरामा दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेल्दै गरेका १३ जनालाई नगद र ताससहित पक्राउ गरेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१ दधिकोट तर्खालस्थित ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमनसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनीहरूबाट नगद ४१ हजार नेपाली रुपैयाँ, ३ हजार ७ सय भारतीय रुपैयाँ र ४ बुक तास बरामद गरेको छ।

यता, कास्कीको पोखरा महानगरपालिका–८ बगालेटोलस्थित ३५ वर्षीय लक्ष्मण कुवँरको घरमा जुवा खेलिरहेको अवस्थामा लक्ष्मणसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूबाट नगद १ लाख २१ हजार ४ सय २५ रुपैयाँ र १ बुक तास बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार दुबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij