२०८३ साउन ९ शनिबार

दशैंअघि सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी, भदौ ३० देखि सुरु हुने

ई आर्थिक    बिहिबार, भाद्र १२ २०८२
4.8K
Shares
दशैंअघि सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी, भदौ ३० देखि सुरु हुने

ई-आर्थिक, काठमाडौं ।   आगामी चाडपर्वलाई लक्षित गर्दै सरकारले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। दशैं, तिहार लगायतका मुख्य चाडपर्वमा आम उपभोक्तालाई राहत दिन सरकारले हरेक वर्षजस्तै यसपालि पनि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका प्रमुख सहरहरूमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। पसलमार्फत उपभोक्ताहरूले चामल, दाल, चिनी, नुन, गेडागुडी, खानेतेलजस्ता दैनिक उपभोग्य वस्तुहरूमा सहुलियत मूल्यमा सामान खरिद गर्न सक्नेछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार महँगी नियन्त्रण र उपभोक्तालाई चाडपर्वमा सहज उपलब्धता सुनिश्चित गर्न सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो। कम्पनीले काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरहरूमा सुपथ मूल्य पसल खोल्ने तयारी गरिरहेको छ।

सरकारले यसअघि पनि चाडपर्वका समयमा उपभोक्तालाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। यसले बजारमा अत्यधिक मूल्यवृद्धि रोक्न र उपभोक्तालाई सस्तो दरमा आवश्यक वस्तु उपलब्ध गराउन सघाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij