काठमाडौं : नेपाली बजारमा चटपटे र स्वादिलो नुडल्स का लागि लोकप्रिय बनेको ‘करेन्ट नुडल्स’ का निर्माता यसोदा फुड्स प्रालिले आफ्नो सफल आउटलेट सञ्जाल ‘करेन्ट पोइन्ट’ को तेस्रो शाखा काठमाडौंको शंखमुलमा सुरु गरेको छ।
नयाँ शाखा बिगमार्ट नजिकै खोलिएको हो। बुटवल र काठमाडौंको अनामनगरमा रहेका सफल आउटलेटहरूपछि हरितालिका तीजको दर खाने दिन यो नयाँ शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
नयाँ आउटलेटमा के-के पाइन्छ?
शंखमुलस्थित करेन्ट पोइन्टमा ग्राहकहरूले करेन्ट नुडल्सका विभिन्न परिकारहरूको स्वाद लिन सक्नेछन्।
मुख्य परिकारहरूमा:
-
नुजा
-
यम्मी स्लर्प
-
क्रिस्पी रोल्स
-
चिज पकेट
जस्ता नयाँ र क्रिएटिभ डिशहरू समावेश छन्।
साथै, ग्राहकहरूले आफ्नै रोजाइ अनुसार मसला र स्वाद चयन गर्न सक्ने सुविधा पनि उपलब्ध रहेको यसोदा फुड्सले जानकारी दिएको छ।
युवापुस्तामाझ लोकप्रिय ब्रान्ड
विशेषगरी पिरो र चटपटे स्वादका पारखी युवापुस्ता माझ लोकप्रिय करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो स्वादको अनुभव दिने अपेक्षा कम्पनीले लिएको छ।
अध्यक्ष र सिइओको भनाइ
उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको उपभोक्ताको माया र समर्थनले नयाँ शाखा विस्तार गर्न हौसला दिएको बताए।
उनले भने, “काठमाडौंका नुडल्स पारखीहरू, विशेष गरी पिरो र चटपटा स्वाद मन पराउनेहरूका लागि शंखमुललाई पनि उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो।”
कार्यक्रममा यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्ज बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए।