२०८३ साउन ९ शनिबार

नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
3.3K
Shares
नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने व्यक्ति पक्राउ

ई-आर्थिक, काठमाडौं ।  नक्कली सुनलाई सक्कली सुनका रूपमा देखाई ठगी गर्ने कार्यमा संलग्न एक व्यक्ति काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१, टाक्सिण्डो निवासी ३३ वर्षीय लाक्पा शेर्पा रहेका छन्। उनलाई शुक्रबार काठमाडौंको गोंगबुस्थित क्वालिटी क्याफे नजिकबाट पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले गुप्त सूचनाको आधारमा शेर्पालाई पक्राउ गरेको हो। प्रहरीले सुनजस्तो देखिने १ किलो धातु बरामद गरेको छ, जुन प्रारम्भिक परीक्षणमा सुन नभएको पुष्टि भएको छ।

अनुसन्धानका क्रममा शेर्पाले उक्त नक्कली सुन देखाएर विभिन्न व्यक्तिहरूलाई झुक्याई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ।

पक्राउ परेका शेर्पालाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं मा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij