२०८३ साउन ९ शनिबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपाका नेता हरिप्रसाद कँडेल पक्राउ

ई आर्थिक    शुक्रबार, भाद्र ६ २०८२
4.2K
Shares
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपाका नेता हरिप्रसाद कँडेल पक्राउ

ई–आर्थिक, दाङ : नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक रहेका छन् ।

रुपन्देही प्रहरीले भदौ ४ गते कँडेललाई चितवनको कालिका नगरपालिका–५, पदमपुरबाट पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही ल्याएको जनाएको छ। कँडेलमाथि नेपाली र भारतीय विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न भएको आरोपमा अनुसन्धान थालिएको छ ।

अभियुक्तको बयानबाट खुलेको संलग्नता

यसअघि साउन ३० गते, रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्ती निवासी २५ वर्षीय अभिषेक यादवलाई प्रहरीले पक्राउ गरेको थियो । यादवसँग विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र र तिनलाई तयार गर्न प्रयोग हुने उपकरणहरू बरामद गरिएको थियो ।

प्रहरीका अनुसार यादवको बयानकै आधारमा कँडेलको संलग्नता पुष्टि भएपछि उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

प्रमाणपत्र काण्डबारे थप अनुसन्धान

प्रहरीले नेपाली र भारतीय विश्वविद्यालयका नक्कली कागजातहरूको अवैध कारोबारमा संलग्न गिरोहबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। यस प्रकरणले शैक्षिक प्रमाणिकरण प्रणालीमा चुनौती खडा गरेको भन्दै प्रहरीले यसलाई गम्भीर प्रकृतिको अपराध मानेर अघि बढाएको छ।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij