२०८३ साउन ९ शनिबार

सामसङले नेपालमा भिजन एआईसहितको नयाँ ‘क्यूएलइडी’ टिभी ल्याउदै

ई आर्थिक    आइतबार, भाद्र १ २०८२
2.5K
Shares
सामसङले नेपालमा भिजन एआईसहितको नयाँ ‘क्यूएलइडी’ टिभी ल्याउदै

अझ स्मार्ट, जीवन्त र आवश्यकताअनुसार बदलिने स्क्रिन अनुभव

ई-आर्थिक, काठमाडौं ।  सामसङ नेपालले नेपाली उपभोक्तालाई लक्षित गर्दै आफ्नो प्रिमियम २०२५ QLED टिभीको नयाँ लाइनअप सार्वजनिक गरेको छ। यो लाइनअपमा सामसङको अत्याधुनिक ‘भिजन एआई’ प्रविधि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई स्मार्ट, जीवन्त र व्यक्तिगत टेलिभिजन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

भिजन एआईले टिभीको स्क्रिनलाई वातावरण तथा प्रयोगकर्ताको व्यवहार अनुसार स्वचालित रूपमा अनुकूल बनाउने क्षमता राख्दछ। एआई मोड, एआई एक्स्पीरीएन्स र मल्टी–डिभाइस कनेक्तिभीटीजस्ता विशेषता समावेश यस प्रविधिले दृश्य र ध्वनिलाई वास्तविक समयमा समायोजन गरी प्रत्येक पललाई थप आकर्षक बनाउनेछ।

सामसङ नेपालका सीई बिजनेस हेड मिलन कुमार झाका अनुसार, ‘भिजन एआईले व्यक्तिगत र एआई-समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ, जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ।’ उनका अनुसार, टिभी अब केवल हेर्ने माध्यम होइन, प्रयोगकर्ताको दैनिकीमा मिसिने स्मार्ट साथीको रूपमा अघि बढ्नेछ।

नयाँ टिभीहरूमा युनिभर्सल जेस्चर कन्ट्रोल, एआई अपस्केलिंग, जेनारेतिभ वालपेपर, स्मार्टथिङ्स मार्फत होम कनेक्टिभिटी, र पेट एन्ड फेमिली केर मोड जस्ता फिचरहरू समावेश छन्। सामसङको NQ8 एआई Gen3 प्रोसेसर प्रयोग गरिएको यी टिभीहरूले कम रिजोलुसनको सामग्रीलाई पनि 4K गुणस्तरमा देखाउन सक्षम छन्।

सामसङका अनुसार, २०२५ QLED टिभीहरूमा बिल्ट–इन स्मार्टथिङ्स हब रहेको छ, जसले टिभीलाई स्मार्ट होम कन्ट्रोल सेन्टरमा रूपान्तरण गर्छ। साथै, सामसङ नक्स् प्लेटफर्मको माध्यमबाट सुरक्षा र गोपनीयताको सुनिश्चितता पनि गरिएको छ। प्रयोगकर्ताको डाटा सुरक्षित राख्ने, फिसिङ साइटहरूबाट जोगाउने र अनधिकृत पहुँच रोक्ने यन्त्रहरू समावेश छन्।

नयाँ लाइनअपअन्तर्गत QA85Q7F, QA75Q7F, QA65Q8F र QA55Q8F मोडेलहरू प्रमुख आकर्षण हुन्। यी मोडेलहरूमा क्वान्टम डट टेक्नोलोजी, डल्बी एट्मस, OTS स्पिकर, स्लिम डिजाइन र एआईद्वारा निर्मित वालपेपर सपोर्ट उपलब्ध छन्। QLED टिभीहरूसँगै सामसङले नयाँ Crystal UHD, FHD र HD टिभी मोडेलहरू पनि नेपाली बजारमा ल्याएको छ।

सामसङले यी टिभीहरूमा ७ वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपडेट उपलब्ध गराउने घोषणा गरेको छ। कम्पनीको दाबी अनुसार, यो सुविधा उद्योगमै पहिलो हो र यसले टिभीलाई लामो समयसम्म आधुनिक राख्न सहयोग पुर्‍याउनेछ।

यी टिभीहरू नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छन्। सामसङले ग्राहकहरूका लागि ०% ब्याजदरमा EMI सुविधा पनि ल्याएको छ, जसअनुसार मासिक किस्ता रु ९,९२७ बाट सुरु हुन्छ। EMI योजनाका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ। साथै, उपभोक्ताहरूले आफ्नो पुरानो टिभी साटासाट गरी नयाँ सामसङ टिभी पनि किन्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij