२०८३ साउन १२ मंगलबार

दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेशसचिव मिश्री काठमाडौँमा

ई आर्थिक    आइतबार, भाद्र १ २०८२
4.2K
Shares
दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेशसचिव मिश्री काठमाडौँमा

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिस्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उहाँ भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेशसचिवको भ्रमणले दुई देशबिचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij