२०८३ साउन ९ शनिबार

सुरू भयो चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ, डिजिटल इकोसिस्टम र रूपान्तरणका विषयमा छलफल हुँदै

ई आर्थिक    शुक्रबार, साउन ३० २०८२
1.5K
Shares
सुरू भयो चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ, डिजिटल इकोसिस्टम र रूपान्तरणका विषयमा छलफल हुँदै

ई-आर्थिक, काठमाडौं ।   आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
प्रधानमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङको उपस्थिति रहेको छ ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी, नास्टका उपकुलपति दिलिप सुब्बा, मुख्यसचिव एक नारायण अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत विभिन्न सरकारी तथा निजी क्षेत्र ५०० बढी उच्च पदस्थ व्यक्तिहरूको सहभागीता रहेको छ ।
आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले स्वागत मन्तव्य दिदै डिजिटल इकोसिस्टम विकास र रूपान्तरण सघाउने गरी चार वर्षदेखि डिजिटल नेपाल कन्क्लेभ आयोजना गरिरहेको जानकारी दिए ।

आइसिटी क्षेत्रको विकासका निजी क्षेत्रले अधिकत्तम प्रयास गरिरहेको बताउँदै उनले अब सरकारले पनि नीतिगत सुधार गर्दै कार्ययोजना र कार्यशैली सुधारमा जोड दिए ।

पावर संवादमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल आफलै प्रविधि विकासमा जोड दिनुपर्ने बताए । ‘अब हामीले प्रविधि लिने मात्र होइन, दिने पनि पनि गर्नुपर्छ । त्यसका प्रविधि विकास गर्नुपर्छ,’ उनले भने ।
प्रविधिको विकास द्रुत गतिमा भइरहेको बताउँदै ओलीले यस क्षेत्रको विकास र प्रोत्साहनका लागि सरकार तयार रहेको उनको भनाइ छ ।

ललितपुरको पुलचोकस्थित द प्जालामा भइरहेको कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी उद्योग लगायतका विषयमा ८ बढी सेसन हुँदैछन् ।
साथै बेलुका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा समेत पावर प्यानलिष्टमा उपस्थित हुँदैछन् ।

कार्यक्रममा विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गूगलको समेत सहभागी भएको छ । यस अवसरमा गूगलले गूगल स्ट्रिट भ्यू समेत सार्वजनिक गर्दैछ ।

यस वर्ष कन्क्लेभमा शोधपत्र (रिसर्च पेपर) प्रस्तुतीको अवसर समेत प्रदान गरिएको छ । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका विभिन्न ८ क्षेत्रहरुलाई समेटेर रिसर्च पेपर र नवीन प्रविधि तथा पहलहरूलाई (डिजिटल इनिसिएटिभ्स)हरु प्रस्तुत हुँदैछन् । कन्क्लेभमा १५ बढी डिजिटल इनिसिएटिभ्स(प्रडक्ट)हरु शोकेसमा रहेका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ई-गभर्नेन्स बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, गूगल, नेपाल टेलिकम, एनसेल, निमा एजुकेसन फाउन्डेसन, डायनामिक टेक्नोसफ्ट, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपालसस बैंक, ठ्याकराल वान, इसेवा, खल्ती बाई आईएमई, माभोरियन सिस्टम, स्काइ ब्रोडब्याण्ड, पिक एण्ड ड्रप, ई-ग्रुप, एनआईसीसीआई, गरिमा विकास बैंक, क्यान महासंघ लगायतका संस्थाहरूको सहकार्य रहेको छ ।

आइसिटी फाउन्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ’ र मधेश प्रदेशमा एक दिने ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना गरेको थियो भने सातै प्रदेशमा डिजिटल साक्षरता सम्वन्धि अभियान ‘आइसिटी ज्ञान’ कार्यक्रम सञ्चालन गरेको थियो ।

डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल रुपान्तरणको लागि एउटा अर्थपूर्ण पहल/अभियान हो । यस कार्यक्रमले डिजिटल लागि भइरहेका प्रयास, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्न आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij