२०८३ साउन ९ शनिबार

बिरिङ खोलाको पक्की पुल बाढीले बगायो, अर्जुनधारा–इलाम सडक पूर्ण अवरुद्ध

ई आर्थिक    बुधबार, साउन २८ २०८२
2.1K
Shares
बिरिङ खोलाको पक्की पुल बाढीले बगायो, अर्जुनधारा–इलाम सडक पूर्ण अवरुद्ध

ई-आर्थिक, झापा ।  झापाको अर्जुनधारा नगरपालिका हुँदै विर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने मुख्य सडक खण्डमा पर्ने बिरिङ खोलाको पक्की पुल बाढीले बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार बिहान आएको बाढीले पुल बगाएपछि शनिश्चरे–खुदुनाबारी हुँदै चल्ने सवारीसाधन ठप्प भएका छन्। सो पुल दुई वर्षअघि नै भाँसिएको थियो, तर त्यसको मर्मत नहुँदा झनै जोखिम बढेको स्थानीयले बताएका छन्।

पुल अवरुद्ध भएपछि वैकल्पिक रूपमा दक्षिणतर्फको अर्जुनधाराधाम हुँदै जाने अर्को मार्गको बिरिङ पुलबाट सिमित रूपमा यातायात सञ्चालन भइरहेको छ।

वि.सं. २०६५ मा भारत सरकारको दुई करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएपछि लामो दूरीका सार्वजनिक यातायातसमेत सो सडक प्रयोग गर्ने गरेका थिए। तर हालको अवस्थाले स्थानीय तथा यात्रु दुवै मर्कामा परेका छन्।

यातायात पुनः सञ्चालनका लागि तत्काल समाधान खोज्नुपर्ने आवश्यकता स्थानीय तहले औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij