२०८३ साउन ९ शनिबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

ई आर्थिक    बुधबार, साउन २८ २०८२
2.3K
Shares
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

ई-आर्थिक, काठमाडौं ।   बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादी काठमाडौंमा पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने तथा सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका ३८ वर्षीय विक्रम थाम्सुहाङ हुन्। उनलाई सोमबार काठमाडौं महानगरपालिका–११, थापाथलीबाट पक्राउ गरिएको हो।

जिल्ला अदालत मोरङबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका थाम्सुहाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij