२०८३ साउन ९ शनिबार

नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमी सञ्चालनमा

ई आर्थिक    सोमबार, साउन २६ २०८२
5.3K
Shares
नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमी सञ्चालनमा

ई–आर्थिक, काठमाडौ । हुन्डाइको नेपालस्थित वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ललितपुरमा नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमी सञ्चालन गरेको छ। एकेडेमीमा तालिमप्राप्त प्राविधिकहरू सम्मिलित बलियो संयन्त्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

ग्राहकलाई उच्च प्राथमिकता दिँदै कम्पनीले आधुनिक र सुविधा सम्पन्न सोरूम पनि सञ्चालन गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसले सवारी साधन बिक्री पश्चात् सेवालाई अझ सहज, भरपर्दो र दीर्घकालसम्म सन्तोषजनक बनाउन मदत पु¥याउने दाबी कम्पनीले गरेको छ।

२०८१ साल वैशाख २८ गते लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको सहायक कम्पनीले परासीको रामग्राममा नेपालको पहिलो कार जडान केन्द्र उद्घाटन गरी नेपालमा उत्पादन गरिएका हुन्डाई सवारीसाधनको युगको सुरु गरेको बताएको छ।

यसैगरी कम्पनीले आयोनिक ५ इलेक्ट्रिक, कोन्का इलेक्ट्रिक, र क्रेटा इलेक्ट्रिक जस्ता आधुनिक विद्युतीय सवारी साधन आयात गरेर नेपालको बजारमा उपलब्ध गराउन थालेको छ। कम्पनीले यस अघि स्यान्ट्रो, ग्रान्ड आइ वान, निओस, आई २०, औरा, भेन्यु, भेर्ना, क्रेटा, टस्कोन, सान्टा फे र पालिसेड जस्ता लोकप्रिय मोडल बजारमा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij