२०८३ साउन ९ शनिबार

बूढीगण्डकी आयोजना छिटो अघि बढाउन ऊर्जा मन्त्री खड्काको निर्देशन

ई आर्थिक    शुक्रबार, साउन २३ २०८२
3.7K
Shares
बूढीगण्डकी आयोजना छिटो अघि बढाउन ऊर्जा मन्त्री खड्काको निर्देशन

ई-आर्थिक, काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना छिटो अघि बढाउन निर्देशन दिएका छन्। बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर अरुण रजौरियाको शपथ ग्रहण समारोहमा बोल्दै मन्त्री खड्काले आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेकोले स्पष्ट कार्ययोजना सहित गुणस्तरीय प्रगति हुनुपर्ने आवश्यकता औंल्याए।

उनले बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता अनिवार्य रहेको बताए। साथै, नवनियुक्त सीईओको व्यावसायिक अनुभवले आयोजनालाई गति दिने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले आयोजना सार्वजनिक–निजी साझेदारी मोडलमा अघि बढाउन नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गरे।

“एक हजार २०० मेगावाट क्षमताको यो बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामार्फत जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नुपर्छ,” मन्त्री खड्काले भने।

शपथग्रहण कार्यक्रममा ऊर्जा सचिव तथा कम्पनी अध्यक्ष सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी लगायत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij