२०८३ साउन ९ शनिबार

नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

ई आर्थिक    शुक्रबार, साउन २३ २०८२
4.6K
Shares
नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

ई-आर्थिक, काठमाडौं ।  नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन सफल हुनुभएको छ ।

कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ परियोजनामा छनौट हुनु भएको हो ।

यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नेछन् भने, प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रुपमा काम गर्नेछन् ।

एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठी नेपालमा सरसफाई प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको व्यवसाय विस्तारमा नेतृत्व गर्नुहुनेछ । परियोजनाले सरसफाई प्रविधिहरुको विस्तृत रुपमा योजनाबद्ध रिपोर्ट तयार गर्ने र तिनीहरुको बजारीकरण विस्तारको रणनीति बनाउने छ ।

यस परियोजनाले विद्यार्थीहरू र सरसफाई क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । प्राध्यापक त्रिपाठी कलेजको विज्ञान तथा मानविकी संकायमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij