२०८३ साउन १२ मंगलबार

एनएमबि बैंकद्वारा तिलोत्तमा पार्कमा वृक्षारोपण, फलफुलका २०० बिरुवा रोपिए

ई आर्थिक    शनिबार, साउन १७ २०८२
2.7K
Shares
एनएमबि बैंकद्वारा तिलोत्तमा पार्कमा वृक्षारोपण, फलफुलका २०० बिरुवा रोपिए

ई–आर्थिक, रुपन्देही : एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम अन्तर्गत पार्क परिसरमा ड्र्यागन फ्रुट, अम्बा, आँप, लिची, कटहरलगायत करीब २०० वटा फलफुलका बिरुवा रोपिएको हो। वृक्षारोपण कार्यक्रमको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले बिरुवा रोपेर गरेका थिए।

सीईओ घिमिरेले एनएमबि बैंकले दिगो विकासको लक्ष्य अनुरूप वातावरणमैत्री गतिविधिहरूमा प्राथमिकता दिँदै आएको उल्लेख गरे। “जलवायु परिवर्तनका असरबाट जोगिन सातै प्रदेशमा वृक्षारोपण तथा वातावरण सरसफाइ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्,” उनले भने।

उनले एनएमबि बैंकले ‘हरित अर्थतन्त्र’ लाई आत्मसात गर्दै दिगो, समावेशी र वातावरणमैत्री बैंकिङ अभ्यासलाई अगाडि बढाएको जानकारी दिए। बैंकको कर्जा लगानी, बैंकिङ कारोबार र सामाजिक उत्तरदायित्वका सबै पहलमा वातावरण संरक्षणलाई प्राथमिकता दिइएको उनले बताए।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकप्रति आभार व्यक्त गर्दै तिलोत्तमा पार्कको संरक्षण र विकासमा निरन्तर सहयोगको अपेक्षा राखे।

तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठकले पार्कलाई स्थानीय आकर्षणको केन्द्र बनाउने अभियानमा आफूहरू सक्रिय रहेको जानकारी दिँदै बैंकको योगदानले थप ऊर्जा मिलेको बताए।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना सेवा विस्तार गरिरहेको छ। वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई सँगै अघि बढाउँदै आएको बैंकले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij