२०८३ साउन ९ शनिबार

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामाको तयारीमा, देउवाको स्पष्ट निर्देशनपछि निर्णय नजिक

ई आर्थिक    शुक्रबार, साउन १६ २०८२
3.7K
Shares
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामाको तयारीमा, देउवाको स्पष्ट निर्देशनपछि निर्णय नजिक

ई-आर्थिक, काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ पदबाट राजीनामा दिने तयारीमा रहेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्पष्ट निर्देशनपछि लामा राजीनामाको मुडमा पुगेका हुन्।

सभापति देउवाले बिहीबार काठमाडौँ बोलाएर लामासँग भेट गरेका थिए। भेटमा उनले पार्टीभित्रको विवाद चाँडै समाधान गर्न र लोकतान्त्रिक प्रक्रियाबाट आएको निर्णयलाई स्वीकार गर्न लामालाई सुझाव दिएका थिए।

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताएका छन्। उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी हुने भन्ने विषयमा पनि सभापति देउवासँग जिज्ञासा राखेका थिए। जवाफमा देउवाले “सबैलाई मिलाएर जानुपर्छ” भन्ने स्पष्ट संकेत दिएका छन्।

हाल लामा काठमाडौँमा आफूनिकट सांसदहरूसँग परामर्श गरिरहेका छन्। उनले राजीनामा दिनुअघि आफ्नो पक्षले प्रभावशाली मन्त्रालय पाउने सुनिश्चितता खोजिरहेका छन्। विशेषगरी आर्थिक मामिलाजस्ता मन्त्रालय आफ्ना पक्षधरलाई दिनुपर्ने अडानमा छन्।

अविश्वास प्रस्तावमा साथ दिएका तीन जना सांसदलाई मन्त्री नियुक्त गरिए पनि प्रदेश प्रमुखको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनीहरूको सपथ समारोह स्थगित गरिएको छ।

यद्यपि, आफूनिकट नेताहरूको व्यवस्थापन सुनिश्चित नभए मुख्यमन्त्री लामाले राजीनामा नगर्ने र कानुनी प्रक्रिया अनुसार पदमा टिकिरहने तयारी रहेको लामाको पक्षका एक सांसदले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij