२०८३ साउन ९ शनिबार

विद्युत खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ, लोडसेडिङ होइन : ऊर्जामन्त्री खड्का

ई आर्थिक    मंगलबार, साउन १३ २०८२
6.1K
Shares
विद्युत खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ, लोडसेडिङ होइन : ऊर्जामन्त्री खड्का

ई-आर्थिक, कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’को अवस्था नरहेको स्पष्ट पारेका छन्।

आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत निर्यातसमेत भइरहेको हुँदा ‘लोडसेडिङ’को अवस्था नरहेको बताएका हुन्।

‘गर्मीका समयमा विद्युत खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ’ उनले भने।

वर्षाका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन्। मर्मत गर्न केही समय लाग्छ। यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था उनकाे भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij