२०८३ साउन १० आइतबार

प्रधानमन्त्री ओलीले आज दिउँसो १ः०० बजे बस्ने संसद बैठकमामा विशेष सम्बोधन गर्ने

ई आर्थिक    बुधबार, साउन ७ २०८२
3.7K
Shares
प्रधानमन्त्री ओलीले आज दिउँसो १ः०० बजे बस्ने संसद बैठकमामा विशेष सम्बोधन गर्ने

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्ने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएका लगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उनले सम्बोधन गर्नेछन्।

संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोधेको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij