२०८३ साउन १२ मंगलबार

सरकारद्वारा चालु आर्थिक वर्षमा २ खर्ब १५ अर्ब वैदेशिक ऋण सम्झौता

ई आर्थिक    बुधबार, असार ३२ २०८२
1.5K
Shares
सरकारद्वारा चालु आर्थिक वर्षमा २ खर्ब १५ अर्ब वैदेशिक ऋण सम्झौता

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले २ खर्ब १५ अर्ब रूपैयाँ बराबरको वैदेशिक ऋण सम्झौता गरेको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सरकारले २ खर्ब १५ अर्ब रूपैयाँ बराबरको वैदेशिक ऋण सम्झौता हो ।

विभिन्न दातृ निकायहरूसँग नेपाल सरकारले विभिन्न परियोजनाका लागि २ खर्ब १५ अर्ब ५४ करोड रूपैयाँको ऋण सम्झौता गरेको अर्थमन्त्रालयले जनाकारी दियो ।

नेपाल सरकारले ५७ अर्ब रूपैयाँको अनुदान प्राप्त गरेको छ भने  ऋण तथा अनुदानसहितको गरी एक वर्षमा २ खर्ब ७३ अर्ब रूपैयाँ सहायता सम्झौता भएको छ ।

नेपालले सबैभन्दा धेरै बहुपक्षीय निकाय विश्व बैंक र एडीबीजस्ता संस्थासँग सम्झौता गरेको अर्थमन्त्रालयले बतायो ।

ऊर्जा, यातायात, सिँचाइलगायतका क्षेत्रमा ऋण तथा अनुदान सम्झौता भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij