२०८३ साउन ९ शनिबार

६ करोडमा अस्पताल भवन निर्माण, सेवा प्रवाह गर्ने तयारी

ई आर्थिक    बिहिबार, असार २६ २०८२
3.2K
Shares
६ करोडमा अस्पताल भवन निर्माण, सेवा प्रवाह गर्ने तयारी

ई-आर्थिक, काठमाडौं । अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ५ करोड रुपैयाँमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले ५ श्ययाको अस्पताल गर्न भवन निर्माण गरेको हो ।

वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो ।

नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ । भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजालगायत पाँच जना स्थानीयले पाँच रोपनाी जग्गादान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij