२०८३ साउन १० आइतबार

यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, लाइसेन्स सम्बन्धित सबै सेवा बन्द

ई आर्थिक    शुक्रबार, असार २० २०८२
3.5K
Shares
यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, लाइसेन्स सम्बन्धित सबै सेवा बन्द

ई-आर्थिक, काठमाडौं ।  यातायात व्यवस्था विभागको लाइसेन्स अनुमतिपत्र  प्रणालीमा समस्या आएको छ । विभागको प्रणालीमा समस्याआएसंगै सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरु प्रभावित बनेका छन् ।

विभागको प्रणालीको समस्याले  सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएको विभागले जानकारी दियो ।

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै विभागले  प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको हो  ।

समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ ।

‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको ब्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij