२०८३ साउन ९ शनिबार

नागार्जुनका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २८ करोड जरिवाना

ई आर्थिक    सोमबार, असार १६ २०८२
3.6K
Shares
नागार्जुनका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २८ करोड जरिवाना

ई-आर्थिक, काठमाडौं ।  काठमाडौं नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचारको अभियोगमा दोषी ठहरसंगै ८ वर्ष ३ महिना  कैद सजाय गर्ने फैसला भएको छ ।  मेयर बस्नेतलाई २८ करोड भन्दा बढी जरिवाना विशेष अदालतले गरेको छ ।

बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश एकनारायण कुँवर र सदस्य एवम न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले  उनलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको हो ।  मेयर बस्नेतले नगरपालिका जस्तो सार्वजनिक ओहोदाको पदमा बसेर कसुर गरेको ठहर गर्दै थप ३ महिना कैद सजाय गर्ने निर्णय पनि गरेको हो ।

उनलाई विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना हुने सँगै सम्पत्ति जग्गा समेत जफत हुने फैसला गरेको छ भने पद्मा कोलोनी प्रालि एवं पद्मा मर्चेन्ट कम्पनीलाई लाभ हुनेगरी निर्णय गरेबापत  दुई कम्पनीलाई पनि बिगो तिराउने फैसला गरेको हो । उनीहरु दुबै जनालाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ आठ पैसा जरिवाना हुने पनि फैसला गरेको हो । यस्तै बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र पद्मा कोलनीका सञ्चालक कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा भराउने फैसला समेत अदालतले गरेको छ ।

यस्तै सम्पत्ति सुद्धिकरणतर्फ बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्ति शुद्धिकरण गरेको देखिदाँ बस्नेतलाई सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ बोजिम ३ वर्ष कैद सजाय हुने, विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना हुने सँगै सम्पत्ति जग्गा समेत जफत हुने फैसला गरेको छ ।

यस्तै नगरप्रमुख बस्नेतलाई सम्पत्ती शुद्धिकरण सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ७ बमोजिम राष्ट्रसेवकले गरको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा थप १० प्रतिशत सजाय हुने भएको छ । जसमा कैदतर्फ ३ महिना १८ दिन र जरिवानातर्फ २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थपिएको छ ।

साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा ३ बमोजिम नगरप्रमुख बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कडेँलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

हाउजिङ कम्पनी पद्मा मर्चेन्ट र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा भन्दै २०८१ पुस १४ गते मुद्दा दर्ता भएको थियो ।

मेयर बस्नेतले पद्मा मर्चेन्टलाई फाइदा हुने गरी स्थानीय बासिन्दाहरूलाई निकै कम मूल्यमा जग्गा बेच्न लगाएका थिए । अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए ।

साथै मेयर बस्नेतका साथै पद्मा मर्चेन्ट कम्पनी र त्यसका सञ्चालक कँडेल लाभ लिएका थियो ।

अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दासमेत दायर गरेको थियो । अख्तियारले पद्मा कोलोनीका सञ्चालक बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको थियो ।

घुस रिसवत लिने दिने कसुरमा कसुरदार ठहर भएका प्रतिवादी बस्नेत, पदमा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्राली तथा त्यसका अध्यक्ष सञ्चालक कडेँलको हकमा र सम्पत्ति सुद्धिकरणको कसुरमा कसुदार ठहर भएका बस्नेतको हकमा के कति सजाय हुनुपर्ने हो भन्ने सम्बन्धमा सुनुवाई गर्न  आज  पेशी तोकिएको थियो ।

नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, ९ करोड घुस लिएको पुष्टी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij