नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, ९ करोड घुस लिएको पुष्टी

ई-आर्थिक, काठमाडौं ।  काठमाडौं नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका छन् । बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश एकनारायण कुँवर र सदस्य एवम न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हुन्  ।

निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका हुन्  । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १६ गते पेसी तोक्ने आदेश गरेको छ ।

यस्तै अदालतले बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ । उर्मिलाले घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी …