ई-आर्थिक, काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका छन् । बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश एकनारायण कुँवर र सदस्य एवम न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हुन् ।
यस्तै अदालतले बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ । उर्मिलाले घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको तथ्य नदेखिएको भन्दै उनले सफाइ पाएकी हुन् ।
हाउजिङ कम्पनी पद्मा मर्चेन्ट र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा भन्दै २०८१ पुस १४ गते मुद्दा दर्ता भएको थियो ।
मेयर बस्नेतले पद्मा मर्चेन्टलाई फाइदा हुने गरी स्थानीय बासिन्दाहरूलाई निकै कम मूल्यमा जग्गा बेच्न लगाएका थिए । अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए ।
साथै मेयर बस्नेतका साथै पद्मा मर्चेन्ट कम्पनी र त्यसका सञ्चालक कँडेल लाभ लिएका थियो ।
अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दासमेत दायर गरेको थियो । अख्तियारले पद्मा कोलोनीका सञ्चालक बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको थियो ।
घुस रिसवत लिने दिने कसुरमा कसुरदार ठहर भएका प्रतिवादी बस्नेत, पदमा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्राली तथा त्यसका अध्यक्ष सञ्चालक कडेँलको हकमा र सम्पत्ति सुद्धिकरणको कसुरमा कसुदार ठहर भएका बस्नेतको हकमा के कति सजाय हुनुपर्ने हो भन्ने सम्बन्धमा सुनुवाई गर्न असार १६ मा पेशी तोकिएको छ ।