२०८३ साउन ९ शनिबार

अमेरिकी आक्रमणको बदलामा इरान, इजरायलमाथि शक्तिशाली क्षेप्यास्त्र प्रहार

ई आर्थिक    आइतबार, असार ८ २०८२
4.1K
Shares
अमेरिकी आक्रमणको बदलामा इरान, इजरायलमाथि शक्तिशाली क्षेप्यास्त्र प्रहार

ई-आर्थिक, काठमाडौं । इरान तथा इजरायलीबीचको युद्ध थप संकटतर्फ उन्मुख हुदैछ । यी देशबीचको युद्ध थप पेचिलो बन्दै गएको देखिन्छ । एकपछि अर्को हमलाले विश्व समुदाय त्रसित हुन थालेका छन् ।

अमेरिकाले  इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बमबारी गरेसंगै आक्रोसित इरानले पनि थप कडा मिसाइल इजरायलमा प्रहार गर्न थालेको छ ।

ट्रम्पले ती हमलाहरू “निकै सफल” भएको जनाउँदै इरानको मुख्य प्रशोधन स्थल फोर्दोमा बमको “फूल पेलोड” खसालिएको समेत बताएका थिए । उक्त परिणामाबाट रिसाएको इरानले अवस्था गम्भीर परिणाम आउने चेतावनी दिएको थियो ।

आक्रोसित इरानले  परिणाम भोग्नुपर्ने चेतावनी दिदै इजरायलमायि थप आक्रामक बदला लिदै क्षेप्यास्त्रहरु हान्न थालेको छ ।

अमेरिकाले देशको आणविक सुविधाहरूमा आक्रमण गरेको घोषणा गरेपछि इरानले गरेको यो पहिलो आक्रमण हो ।

इरान तथा इजरायलको युद्धले विश्वमा प्रभाव पारिरहेको छ। यसले विश्वव्यापीरुपमा पेट्रोलियम पदार्थहरुको मूल्य बढाएको छ ।

उक्त युद्ध तत्काल बन्द नुहने हो भने फेरि तेस्रो विश्वयुद्धको खतरा देखिएको छ जसमाथि अमेरिकाले इरानमा प्रत्यक्ष हमला गर्दा अवस्था झन नाजुक बन्ने आकंलन गर्न थालिएको छ ।

अमेरिकाले गर्‍यो इरानका फोर्दो र अन्य परमाणु केन्द्रमा बमबारी, लडाकु विमान बी-२ बमर प्रयोग

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij