अमेरिकाले गर्‍यो इरानका फोर्दो र अन्य परमाणु केन्द्रमा बमबारी, लडाकु विमान बी-२ बमर प्रयोग

काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बमबारी गरेको बताएका छन्।

ट्रम्पले ती हमलाहरू “निकै सफल” भएको जनाउँदै इरानको मुख्य प्रशोधन स्थल फोर्दोमा बमको “फूल पेलोड” खसालिएको समेत बताए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग “शत्रुको आक्रमणमा परेको” जनाएको छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई “कूटनीतिक रूपमा” सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र “शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको” जनाएको थियो।

ट्रम्पले आफ्नो सोसल मिडियामा लेख्दै सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन्।

अमेरिकी हमलाप्रति …