ई-आर्थिक, काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे कार्यालय पुगेका छन् । उनी आज बिहिबार काठमाडौं महानगर प्रहरी बल बागदरवार सुन्धारा पुगेका हुन् ।
हिजो पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अदालतले आदेश दिएको थियो ।
उनले कार्यालय पुगेर आफ्नो काम सुरु गरेका छन् । उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।
काठमाडौ महानगरका प्रहरी प्रमुख पाण्डेलेलाई निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय तत्काल कार्यान्वयन नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थिए ।
गत जेठ २० गते काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डे निलम्बनमा परेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकिय अधिकृत गुरागाँइले जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए । पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाएका थिए। उनको जवाफ चित्तबुझ्दो नभएकाले पाण्डेलाई निलम्बन गरिएको थियो ।
सो निलम्बनको विरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन नगर्न उच्च अदालत पाटनको आदेश