काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन नगर्न उच्च अदालत पाटनको आदेश

ई-आर्थिक, काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे निलम्बन गर्ने  निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले  अदालतले आदेश दिएको छ ।
काठमाडौ महानगरका प्रहरी प्रमुख  पाण्डेलेलाई निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय तत्काल कार्यान्वयन नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो  ।
गत जेठ २० गते  काठमाडौं महानगरका नगर प्रहरी प्रमुख  पाण्डे निलम्बनमा परेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत  गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकिय अधिकृत गुरागाँइले जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका …