ई- आर्थिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को असार २ गते बसेका बैठकका निर्णहरु सरकारले सार्वजनिक गरेको छ । सरकारले मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको हो ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्राे चरणकाे लागि विश्व बैँकबाट करिब २० अर्ब ७९ कराेड नेपाली रुपैयाँ बराबरकाे सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ ।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए ।
यसैगरी दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियाेजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ कराेड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारकाे निर्णय गरेकाे छ ।
साथै, सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा गणेश बहादुर ठाडा मगरलाई नियुक्त गरेको छ ।
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणदेखि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको टर्की भ्रमण र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको बैंकक भ्रमणसम्म स्वीकृत गरेको प्रवक्ता गुरुङले बताए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

