२०८३ भाद्र ३१ बुधबार

ग्लोबल आईएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजना बन्दै, ४ अर्ब ८५ करोड लगानी

ई आर्थिक    शुक्रबार, जेष्ठ ३० २०८२
2.1K
Shares
ग्लोबल आईएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजना बन्दै, ४ अर्ब ८५ करोड लगानी

ई-आर्थिक, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो।

सम्झौताअनुसार  आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रूपैयाँ लगानी गर्नेछ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आईएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिषराज कुँवर र सौर्य होल्डिङ प्रालिका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न भइ राज्यको ऊर्जा उत्पादन वृद्धि भइ निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ताप्लेजुङ जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रूपैयाँ रहेको छ।

सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ।

यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्षभित्र सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij