ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष लागि सार्वजनिक सुझाव मागेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ । यसै क्रममा आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति तर्जुमाको लागि राय सुझाव भए यस बैंकको आर्थिक अनुसन्धान विभागमा २०८२ असार १० भित्र उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
बैंकले सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो ।
