ई-आर्थिक, काठमाडौं । प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा वृहत् रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय समितिले आज सोमबार आयोजना गरेको उक्त कार्याक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्थापन कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा ७० जना बढीले रक्तदान गरिरहेको संघका सल्लाहकार रुद्र ढुंगेलले जानकारी दिए । उनका अनुसार देशभरका अटो व्यवसायीहरूले रक्तदान गरेका थिए । संघले यस प्रकारका सामाजिक कार्य विगतमा पनि गर्दै आइरहेको जानकारी दिइँदै आगामी दिनमा पनि निरन्तर गरिरहने उनले बताए ।
उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संघका अध्यक्ष रमेश कोइरालाले हरेक बर्ष जेष्ठ २६ गते देशभरीबाट सेकेन्डहेन्ड अटोमोवाइल्सको कारोबार गर्ने ब्यबसायीहरुलाई समेटेर अटो ब्यवसायी दिवस मनाउने भन्दै गत बर्ष सम्पन्न निर्वाचनको परिणामलाई लिएर फुटको बाटो रोजेका केही ब्यबसायी साथीलाइ बार्ताबाट असन्तुष्टीको समाधान गर्ने गरि संघको मुलधारमा समाहित हुन र ब्यबसायी साथीहरुमा भ्रम सिर्जना गर्ने कार्य बन्द गरि ब्यबसायीहरुको हकहितमा केन्द्रीत हुन आब्हान समेत गरेका छन् ।