२०८३ साउन ९ शनिबार

सौर्य ऊर्जाबाट विद्युत उत्पादन हुँदै, ६ करोड २५ लाख रुपैयाँ खर्च

ई आर्थिक    शनिबार, जेष्ठ २४ २०८२
2.6K
Shares
सौर्य ऊर्जाबाट विद्युत उत्पादन हुँदै, ६ करोड २५ लाख रुपैयाँ खर्च

ई-आर्थिक, कालिकोट ।  कालिकोटको शुभकालिका गाउँपालिका-५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत उत्पादन हुने भएको छ।

चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र, गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा सय किलोवाटको सौर्य ऊर्जाबाट विद्युत उत्पादनको काम अन्तिम चरणमा पुगेको हो।

सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेको त्यसैअनुसार निजी क्षेत्रको साझेदारीमा शुभकालिका नीति तथा सरकारी क्षेत्रको लगानीमा सौर्य ऊर्जाबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत प्रालिको एक करोड ३० लाख र ऊर्जा प्रबर्द्धन केन्द्रको दुई करोड ९२ लाख रुपैयाँ रकम र गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले बतांए।

‘परियोजनामा जम्मा ६ करोड २५ लाख रुपैयाँ खर्च भएको छ’ उनी भन्छन्, ‘खम्बा गाड्नेलगायत अन्य परियोजनामा काममा नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रले सहयोग गरेको छ।’ गाउँपालिकालाई विद्युतीकरण गर्नका लागि सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए।

‘गाउँपालिका पूर्णरुपमा विद्युतीकरण हुन सकेको छैन’ उनी भन्छन्, ‘यहाँ उत्पादन हुने विद्युतलाई नेपाल विद्युत प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ।’

सौर्य ऊर्जाबाट यही जेठको अन्तिममा वा असारको पहिलो साताबाट विद्युत उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए। यहाँ उत्पादन भएको विद्युत प्राधिकरण कालिकोट वितरण शाखाको सहजीकरणका वितरण गरिनेछ। यस उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij