२०८३ साउन ९ शनिबार

‘टेक एण्ड पे’ प्रावधानले ६६ अर्ब २२ करोड रुपैयाँ डुब्ने अवस्था आएको छ: इप्पान अध्यक्ष कार्की

ई आर्थिक    बिहिबार, जेष्ठ २२ २०८२
5.6K
Shares
‘टेक एण्ड पे’ प्रावधानले ६६ अर्ब २२ करोड रुपैयाँ डुब्ने अवस्था आएको छ: इप्पान अध्यक्ष कार्की

ई-आर्थिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ‘टेक एण्ड पे’ को प्राबधानको कारण ६६ अर्ब २२ करोड रुपैयाँ डुब्ने अवस्था रहेको बताएका छन् । इप्पानका अध्यक्ष कार्कीले  सरकारले बजेटमा घोषणा गरेको कारण उर्जा क्षेत्र धरासायी बन्ने बताए ।

सरकारले बजेटमा ‘टेक एण्ड पे’ को प्राबधान नसच्याए पावर हाउस बन्द गर्ने अध्यक्ष कार्कीले   चेतावनी दिए।

बजेटले आउने वर्षसम्म ४८०० मेगावाट विधुत उत्पादन गर्ने भनेको छ,’ अध्यक्ष कार्कीले भने, ‘तर, सरकारले साथ दिएको छैन । एकातर्फ पुजी छैन भने अर्कोतर्फ ठूलो मात्रामा आइपिओ रोकिएको छ । यस्तो अवस्थामा हामी बजेटको लक्ष्य भेट्न सक्दैनौं  उनले भने ।

‘हामी ले सडकमा आन्दोलन गर्न नसके पावर हाउस बन्द गर्ने अवस्था आउनसक्छ उनले भने ।

सरकारले  निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाएका छन् ।

सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एण्ड पे’ विधिमार्फत विद्युत् खरिद सम्झौता (पीपीए)गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ। यसमा सबै सम्बन्धित क्षेत्रलाई त्रुटि सञ्चाउन आग्रह गरेका छन् ।

बजेटमा आएको रन अफ दि रिभर (आरओआर) आयोजनाको ‘टेक एड पे’ मा मात्र विद्युत खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणालाई सच्याउन  इप्पानले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij