ई-आर्थिक, काठमाडौं । नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी गरिएको अख्तियारको आरोप छ । उक्त प्रकरणमा नेपाल सहित ९३ जना विरुद्ध आरोप दर्ता भएको हो ।
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधाननमन्त्रीविरुद्ध चलेको यो पहिलो भ्रष्टाचार मुद्दा पनि हो ।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला नेपाल नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो । सोही जग्गा विक्री गर्न अनुमति दिने निर्णय पनि नेपाल नेतृत्वकै सरकारले गरेको थियो ।
भ्रष्टाचार अभियोग लागेसंगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।