ई-आर्थिक, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि प्रदेश तथा स्थानीय निकायहरुलाई सरकारले ४ खर्ब १७ अर्ब रुपैयाँ बराबरको अनुदान हस्तान्तरण गर्ने भएको छ।
संघीय सरकारले सार्वजनिक गरेको बजेट अवधारणाअनुसार संघ–प्रदेश–स्थानीय सरकारबीचको वित्तीय समन्वयलाई थप मजबुत बनाउँदै यो अनुदान वितरण गरिनेछ।
बजेट अनुसार प्रदेश सरकारहरूलाई ९७ अर्ब ५६ लाख रुपैयाँ र स्थानीय तहलाई ३ खर्ब २० अर्ब रुपैयाँ अनुदानको रुपमा हस्तान्तरण गरिनेछ।
साथै, स्थानीय तहहरुमध्य ६ वटा महानगरपालिकालाई ११ अर्ब ७४ करोड, ११ उपमहानगरपालिकालाई ११ अर्ब ३८ करोड, नगरपालिकाहरूलाई १ खर्ब ४३ अर्ब र गाउँपालिकाहरूलाई १ खर्ब ५४ करोड रुपैयाँ संघीय सरकारबाट हस्तान्तरण हुनेछ ।