२०८३ साउन ९ शनिबार

यामाहा नेपालले ल्यायो ‘एमटी १५ भर्सन २’ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर

ई आर्थिक    आइतबार, जेष्ठ १८ २०८२
4.7K
Shares
यामाहा नेपालले ल्यायो ‘एमटी १५  भर्सन २’ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर

ई-आर्थिक, काठमाडौं ।   यामाहा नेपालले  ‘एमटी १५ भर्सन २’  चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ।

अबदेखि नयाँ’एमटी १५ भर्सन २’ को खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउनेछन्।

जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ।
नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन्। अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्वपूर्ण कदम हो।

यो अफर विशेष रूपमा ‘एमटी १५ भर्सन २’ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ। यसबारे बोल्दै एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवालले भने, “MT-15 Version 2 स्टाइल, पावर र प्रिसिजन प्रतीक हो जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ। यो अभियानमार्फत हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौं।

यामाहा एक प्रविधिमैत्री ब्रान्ड हो र एमएडब्ल्यू राइड्स पनि आफ्ना उत्पादन, जनशक्ति र राइडर कम्युनिटीमा लगानी गर्न प्रतिबद्ध छ।”

एमएडब्ल्यू राइड्स अन्तर्गत सञ्चालित यामाहा नेपाल नेपालकै भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड हो। जापानी इन्जिनियरिङको उत्कृष्टता, भरपर्दो प्रदर्शन र प्रयोगकर्ता केन्द्रित इनोभेसनका आधारमा नेपालको मोटरसाइकल क्षेत्रलाई निरन्तर नेतृत्व गर्दै अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij