ई-आर्थिक, काठमाडौं । अर्थमन्त्रालयले अहिले बजेट निर्माणको काममा तिब्रता दिइरहेको छ। आगामी जेठ १५ गते आर्थिक वर्ष २०८२/ २०८३ को बजेट निर्माणमा तिव्रता संगै सूरक्षा पनि कडाइका साथ लागु गरिएको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।
विगतका वर्षहरुमा बजेटका विभिन्न कार्यक्रम तथा करका विषयहरु चुहिने गरेका थिए । सोही डरले मन्त्रालयले अहिले प्रवेशमा कडाइ गरेको जानकारी दियो ।
‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने-बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।‘
आर्थिक वर्ष २०८२/ ८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो । यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।
आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मा हुदाँ गैर व्यक्तिको प्रवेश तथा सूचनाहरु चुहावट कारण त्यसबेलाको सरकार आलोचित भएको थियो । यस्तो गल्ति नहोस् भन्न हामीले विशेष सतर्कता अपनाएको अर्थमन्त्रालयले बतायो ।
बजेट निर्माण कार्य संवेदनशील भएको हुदा यसलाई गोप्य राख्न अर्थमन्त्रालयले विशेष चासो दिदै सूरक्षा व्यवस्थामा कडाइ गरेको छ । अर्थमन्त्रालयले बजेट मार्फत करका दर तथा वर्षभरी गरिने कार्ययोजनाहरु प्रस्तुत गरिनेहुदाँ यसलाई गोप्य राख्न विशेष ध्यान दिन्छ।