२०८३ साउन ९ शनिबार

कृत्रिम अभाव सिर्जना गरी महँगी बढाइयो, बजार अनुगमन गर्न सरकारसंग माग

ई आर्थिक    मंगलबार, बैशाख ३० २०८२
3.1K
Shares
कृत्रिम अभाव सिर्जना गरी महँगी बढाइयो, बजार अनुगमन गर्न सरकारसंग माग

ई-आर्थिक, काठमाडौं । सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगी बढाइएकाले बजार अनुगमन गर्न सरकारसँग आग्रह गरेकी छिन्। राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारीरुपमा आगाडि बढाउन माग गरिन्।

सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक वर्ष २०८२/८३ मा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरे।

सांसद पदमबहादुर परियारले व्यास नगरपालिकाद्वारा अघि बढाइएको सरसफाइ व्यवस्थापन केन्द्र निर्माण गर्न संघीय सरकारसमक्ष पेस भएको योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिए। सांसद पूजा चौधरीले तराई-मधेसमा डेंगु नियन्त्रण गर्न आवश्यक पहलका लागि माग गरे।

सांसद मनरुपा शर्माले शान्तिप्रक्रियाको बाँकी काम समयमा नै टुंग्याउन आग्रह गरिन्। सांसद रुक्मिणी कोइरालाले कोशी प्रदेशका विभिन्न जिल्लामा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहलका लागि अनुरोध गरिन्।

सांसद रेणु चन्दले बाजुराको त्रिवेणी नगरपालिकाको मौरेमा समयमै पुल निर्माण सरकारको ध्यानाकर्षण गराइन्। सांसद विष्णुकुमारी सापकोटाले रुस-युक्रेन युद्धमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग माग गरिन्।

सांसद विष्णुबहादुर विश्वकर्माले सप्तरीको सुरुंगा नगरपालिकाकी पूजाकुमारी रामको बलात्कारपछि हत्या गरिएको उल्लेख गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे। सांसद श्रीकृष्णप्रसाद अधिकारीले साउदी अरबमा अलपत्र परेका नेपाली कामदारको उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद सावित्री मल्लले निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij