२०८३ साउन ९ शनिबार

नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनको माग

ई आर्थिक    शुक्रबार, बैशाख २६ २०८२
6K
Shares
नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनको माग

ई-आर्थिक, काठमाडौं । संसदमा नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनको माग गरिएको छ ।

केहीदिन अधि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण घाटामा गएको श्वेतपत्रमार्फत  जानकारि दिएका थिए । उनले प्राधिकरणमा शून्य आर्थिक मैज्जात रहेको बताउदै प्राधिकरण साडे ६ अर्ब घाटामा गएको तथ्यांक देखाएका थिए भने तात्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ४६ अर्ब नाफामा रहेको बताएका थिए ।  प्राधिकरणको आर्थिक  विषयको  सर्वत्र आलोचना तथा चासो रुपमा हेरिएको छ । यही विषय बाहिरमात्रै होइन् सदनमा पनि उठन् थालेको छ ।

नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका हुन् ।

आज बसेको  प्रतिनिधिसभाको बैठकमा  सांसद पाण्डेले  नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको यथार्थ  विवरण पेस गर्न   सरकारलाई रुलिङ् गराउन  सभामुख समक्ष माग गरिएको गरेका छन् ।

यस्तै, उनले  राष्ट्रिय गौरवको जलासययुक्त बुढि गण्डकी जलविद्युत परियोजना यही आर्थिक वर्ष ८२, ८३ देखि निर्माण सुरु गरियोस् भनि सरकारसँग माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij