ई-आर्थिक, काठमाडौं । । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषहरुमा रहेको रकम लगानी गर्ने बजारमा २० करोड रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २० करोड रुपैयाँ बढी लगानी गर्ने भएको हो । केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषहमा रहेको २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।
केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ लगानी गर्नेछ । राष्ट्र बैंकले ख वर्गका विकास बैंकहरुमा ३ करोड रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड निक्षेप लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।
सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले बैशाख २८ गते बेलुका ५ बजेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप २०८२ जेठ ५ देखि २०८३ जेठ ५ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।
