२०८३ साउन १२ मंगलबार

कोशी प्रदेशको बर्खे अधिवेशन आगामी जेठ ४ देखि, ‘कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत

ई आर्थिक    बुधबार, बैशाख २४ २०८२
2.8K
Shares
कोशी प्रदेशको बर्खे अधिवेशन आगामी जेठ ४ देखि, ‘कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत

ई-आर्थिक, मोरङ ।  कोशी प्रदेशको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले जेठ ४ गते अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए।

बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ। साथै कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij