लक्ष्मण फुयाल , काठमाडौं । बैशाख १४ गते आज नेपाल राष्ट्र बैंकको ७०औं बार्षिकोत्सव हो । आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले प्रत्येक बर्ष विभिन्न औपचारिक कार्यक्रमहरु मनाउने गर्दछ । त्यसैक्रममा आज पनि बैंकले विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो ७०औं वार्षिकोत्सव मनाइरहेको छ ।
देशको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ अर्थात सन् १९५६ अप्रिल २६ मा भएको थियो ।
यो बैंक मुलुककै एकमात्र केन्द्रीय बैंक पनि हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले गरेका आर्थिक क्रियाकलापहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दछ । हरेक महिनामा देशको आर्थिक अवस्थाको बारेमा जानकारी दिन्छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अनुगमन सुपरेवेक्षण तथा आवश्यक निर्देशन प्रदान गर्दछ । साथै, कुनै पनि बैक तथा वित्तीय संस्थाको निक्षेप राखेका जनताको पैसा जोगाउन आवश्यक प्रशासकीय कार्यसमेत गर्ने गर्दछ ।
नोट तथा सिक्का निष्कासन र भारतीय मुद्रालाई विस्थापित गर्न नेपाली मुद्रा प्रचलनमा ल्याउने प्रमुख उद्देश्यका साथ केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकको स्थापना भएको थियो ।
यसको प्रधान कार्यालय बालुवाटारमा रहेको छ । त्यस्तै बैंकको कार्यालय मुलुकका सात वटै प्रदेशमा रहेका छन् । प्रदेश–१ को विराटनगर, मधेश प्रदेशको जनकपुर र वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय रहेका छन् । बाग्मती प्रदेशको काठमाडौंमा केन्द्रीय कार्यालय, बैंकिङ विभाग र टक्सार महाशाखा रहेका छन् । प्रादेशिक कार्यालय सुर्खेतबाट हाल आर्थिक अनुसन्धान र सीमित सरकारी कारोबारसम्बन्धी कार्य मात्र हुँदै आएको छ ।
नेपाल राष्ट्र बैंकले पहिलोपटक वि.सं २०१६ फाल्गुन ७ गते १, ५, १० र १०० दरको नोटहरु निष्कासन गरेको थियो ।
वि.सं १९९४ देखि वि.सं २०१३ सालसम्म राष्ट्र बैंकको कार्यभार सम्हालेको नेपाल बैंक लिमिटेड, राष्ट्र बैंकको स्थापनापछि सो जिम्मेवारीबाट मुक्त भइ पूर्णरुपमा वाणिज्य बैंकको रुपमा रूपान्तर भएको थियो ।
नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूको मौद्रिक विनियामक र प्रक्षेपणको रूपमा निगमन गर्ने गर्छ। केन्द्रीय बैंकले वित्तिय क्षेत्रहरुको बैंकिङ स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता हेर्छ ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनियमदर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रणका साथै मौद्रिक नीति ल्याउछ ।
राष्ट्र बैंकको काम तथा भूमिका
अर्थतन्त्रको दिगो विकासको निम्ति मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्नु केन्द्रीय बैंकको मूख्य उद्देश्य हो ।
बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवद्र्धन गर्ने, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने, बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने र नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्नु केन्द्रीय बैंकका मूख्य उद्देश्य भित्र पर्छन् ।
राष्ट्र बैंकले मुद्राको व्यवस्थापन, नोट तथा सिक्का निष्कासन, नीतिको सञ्चालन, सरकारको बैंक तथा बैंकहरुको बैंकको रुपमा काम गर्दछ ।
यससँगै मौद्रिक नीति तर्जुमा र कार्यान्वयन गर्ने, विदेशी विनिमय सम्बन्धी काम गर्ने, बैंक तषा वित्तीय संस्थालाई इजाजतपत्र दिने, नियमन तथा सुपरिवेक्षण गर्ने, भुक्तानी प्रणालीलाई नियमन तथा व्यवस्थित गर्ने लगायतका काम राष्ट्र बैंकले गर्दछ ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लागू भएपछि राष्ट्र बैंकले उक्त ऐनले दिएको क्षेत्रभित्र रहेर देशको केन्द्रीय बैंकको रुपमा काम गर्दछ ।
राष्ट्र बैंकका काम, कर्तव्य र अधिकार
(क) बैंक नोट तथा सिक्का निष्कासन गर्ने,
(ख) मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,
(ग) विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने,
(घ) विनिमय दर पद्धति निर्धारण गर्ने,
(ङ) विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,
(च) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
(छ) नेपाल सरकारको बैंक, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,
(ज) वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,
(झ) भुक्तानी, फछ्रयौट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने, र तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने ।
(ञ) ऐन बमोजिम बैंकको उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नु पर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने, गराउने ।
राष्ट्र बैंकको आर्थिक अवस्था
केन्द्रीय बैंकको खुद आयमा वृद्धि हुँदै गइरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद आय रु.२८.२१ अर्ब रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा रु.७३.७६ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला केही वर्षमा विदेशी वित्तीय बजारमा ब्याजदर वृद्धि भएको र बैंकको विदेशी विनिमय लगानी व्यवस्थापनको कार्य प्रभावकारी हुँदै गएका कारण विदेशी मुद्रामा प्राप्त हुने खुद आयमा उल्लेख्य वृद्धि भई आर्थिक वर्ष २०८०÷ ८१ मा रु. ७८.१७ अर्ब पुगेको हो । यो सँगै बैंकले नेपाल सरकारको खातामा जम्मा गर्ने बचत रकम समेत वृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकले रु.६ अर्ब बचत नेपाल सरकारको खातामा जम्मा गरेकोमा आर्थिक वर्ष २०८०/ ८१ मा रु. ३७.२२ अर्ब जम्मा गर्ने निर्णय भएको थियो । वि.स २०७७ असार मसान्तमा बैंकको विदशी सम्पत्ति रु. ७०३.६६ अर्ब रहेकोमा २०८१ असारमा रु.१९६५.२२ अर्ब पुगेको छ । उक्त अवधिमा बैंकको रिजर्भ रु.३२५ अर्बबाट बढेर रु.५४३.८२ अर्ब पुगेको छ ।
राष्ट्र बैंकका आगामी प्राथामिकताहरु
मुलुकको अर्थतन्त्रमा संरचनागत सुधारको आवश्यकता छ, जसको लागि बैंकिङ क्षेत्रसँग रहेको वित्तीय साधनलाई उत्पादनशील क्षेत्रतर्फ परिचालन गर्ने गरी क्रमशः लागु गरिएको व्यवस्थालाई निरन्तरता दिनेमा राष्ट्र बैंकले जोड दिनेछ ।
नेपालको अर्थतन्त्र विगत लामो समयदेखि विप्रेषण, आयात तथा आयातमा आधारित उपभोगमा केन्द्रित हुँदै आएको छ । फलस्वरूप, कर्जाको माग पनि मुख्यतया आयात तथा व्यापारका लागि हुने गरेको छ ।
संरचनात्मक सुधारमार्फत मुलुकका आर्थिक गतिविधिहरूलाई उत्पादनशील क्षेत्रतर्फ डो¥याउन सकिएमा मात्र ती क्षेत्रहरूमा कर्जाको मागसमेत वृद्धि हुन गई वित्तीय क्षेत्रले आर्थिक वृद्धि एवम् रोजगारी सिर्जनामा थप योगदान दिनसक्ने आधारमा तोकिएका उत्पादनशील क्षेत्रमा क्रमशः कर्जा लगानी बढाउनुपर्ने व्यवस्था गरिएको छ । सोको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।
हालसालै कार्यान्वयनमा ल्याइएको मौद्रिक नीति सुझाव समितिकोभूमिकालाई थप सशक्त बनाउँदै तथ्याङ्कमा आधारित हुँदै गएकोविद्यमान मौद्रिक नीतिको आधुनिकीकरण गर्दै प्रसारण संयन्त्र थपसबल बनाउँदै लैजानु पर्नेछ ।
मौद्रिक नीतिलाई प्राप्त कानुनी जिम्मेवारी तथा बढ्दो जनअपेक्षापूरा गर्न मौद्रिक नीतिका सीमितताका सम्बन्धमा सरोकारवालालाईबुझाउन सकिएमा मौद्रिक नीतिलाई आफ्नो प्रमुख दायित्व निर्वाहगर्नमा सहज हुन जाने देखिन्छ । हाल मौद्रिक नीतिमा समावेश हुँदै आएको नियामकीय नीति, विदेशी विनिमय नीति लगायतका मौद्रिक नीतिबाट अलग गरी छुट्टै रूपमा जारी गर्ने प्रयास भएका छन् । यी विषयहरूलाई क्रमशः अलग गर्दै केन्द्रीय बैंक सञ्चारलाई थप प्रभावकारी बनाई बैंकका नीतिगत व्यवस्था तथा कामकारवाहीका बारेमा आम सरोकारवालामाझ यसबारे सुझबुझ बढाउनु पर्नेछ ।
नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमय दर कायम भएको र हाल प्रचलित विनिमय दर लामो समयदेखि परिवर्तन नभएको अवस्था छ । नेपाल र भारतको अर्थतन्त्रको संरचनामा भएको परिवर्तनसँग सामञ्जस्य हुने गरी विद्यमान विदेशी विनिमय सम्बन्धी व्यवस्था तथा स्थिर विनिमय दर सम्बन्धमा विस्तृत अध्ययन गर्नु उपयुक्त हुनेछ ।
जलवायु परिवर्तनको बढ्दो असरलाई दृष्टिगत गरी अर्थतन्त्रको हरित रूपान्तरणलाई कार्यान्वयन गर्ने तथा उक्त दस्तावेजलाई राष्ट्रिय रूपमा मान्यता प्राप्त गर्न गरिएको आवश्यक पहललाई निरन्तरता दिनुपर्नेछ । वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउन लागु गरिएको को पूर्ण उपयोग गरी सूचनामा आधारित जोखिम केन्द्रित सुपरिवेक्षणलाई प्राथमिकता दिनुपर्नेछ । अलावा समस्याग्रस्त हुनसक्ने संस्थाको विशिष्टीकृत अनुगमन गर्ने व्यवस्थामिलाउनु पर्नेछ ।
पछिल्ला वर्षहरूमा विद्युतीय भुक्तानीको प्रचलन बढ्दै गएको फलस्वरूप चलनचल्तीमाजाने नोटको परिमाण घट्दै गएको छ । तथापी यस वर्ष भने पुनः चलनचल्तीमा वृद्धि भएको सन्दर्भमा विस्तृत अध्ययन गर्ने निर्णय भएको छ । ठूला दरका नोटहरूमध्ये रु. १०००।– को नोट छपाई यसअघि रद्द गरिएको सन्दर्भमा सो दरका नोट छपाई गर्ने हुँदा पूर्ण रूपमा नयाँ डिजाइन तय गरेर मात्र गर्नु पर्नेछ ।
विद्युतीय भुक्तानी सम्बन्धमा देहायका कार्य गर्नुपर्ने :
(क) विद्युतीय भुक्तानीमा भएको विस्तारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्नुपर्नेछ ।
(ख) विद्युतीय भुक्तानीलाई थप सुरक्षित बनाउन पूर्वाधारमा लगानी, साइबर सुरक्षा,
वित्तीय साक्षरता र ग्राहक संरक्षणमा निरन्तर जोड दिन आवश्यक छ ।
(ग) NCHL लाई (Digital Public Infrastructure) संस्थाको रूपमा विकसित गर्दै लगिएकोमा सो संस्थालाई रणनीतिक रूपमा विद्युतीय भुक्तानीको सार्वजनिक संस्थाको रूपमा विकास गर्दै जानुपर्नेछ ।
(घ) केही वर्षदेखि सञ्चालनमा रहेको र हालसालै सुरुवात भएको च्भतबष् िएथबmभलत क्धष्तअज को पूर्ण उपयोग गर्दै क्रमशः सम्पूर्ण भुक्तानीहरू ल्बतष्यलब िएबथmभलत क्धष्तअज स्वीचमार्फत रुटेड हुने व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ ।
(ङ) त्तच् भुक्तानी लगायत सम्पूर्ण हरूलाई क्रमशः अन्तर आवद्धता गराउनुपर्नेछ ।
(च) ऋद्यम्ऋ सम्बन्धी हालसम्मको प्रगतिलाई आधार मानी केही वर्षभित्र सुरुवात गर्नुपर्नेछ ।
(छ) हाल सुरु भएको अन्तरदेशीय विद्युतीय भुक्तानी सेवालाई थप प्रवद्र्धन गर्दै लैजानुपर्नेछ ।
कृत्रिम बौद्धिकताको बढ्दो उपयोगलाई दृष्टिगत गरी नेपालको वित्तीय क्षेत्रमा यसको प्रयोगलाई व्यवस्थित गर्नुपर्ने तर्जुमाको क्रममा रहेको बैंक तथा वित्तीय संस्थामा कृत्रिम बौद्धिकताको उपयोग सम्बन्धी मार्गदर्शन लागु गरी यस सम्बन्धी थप नीतिगत व्यवस्था तथा नियमित निगरानी गर्न सकिएमा नेपालको वित्तीय क्षेत्रले कृतिम बौद्धिकताको उपयोगबाट लाभ पाउने देखिन्छ । केन्द्रीय बैंक आफैले पनि वित्तीय संस्था र भुक्तानी प्रणालीको निरन्तर निगरानी राख्ने, सुक्ष्म तथ्याङ्कको विश्लेषण एवम् पूर्वानुमानलाई थप प्रभावकारी बनाउने लगायतका कार्यहरूमा कृत्रिम बौद्धिकताको उपयोग गर्दै जानुपर्नेछ । यसका लागि आवश्यक नीतिगत व्यवस्था तथा कर्मचारीको क्षमता विकासमा लगानी गर्न आवश्यक छ ।
धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने छ । यसका लागि नेपाल राष्ट्र बैंकले धितोपत्र दलाल कम्पनीहरूलाई मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराउन सक्ने सहमति प्रदान गरिसकेको छ । पुँजीबजारका अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्नेछ । केन्द्रीय बैंकको भूमिकालाई संघीय संरचनाअनुरूप थप प्रभावकारी बनाउँदै लानुपर्नेछ ।
विद्युतीय भुक्तानीको बढ्दो उपयोगका कारण प्रदेशस्थित कार्यालयहरूमा मुद्रा व्यवस्थापन एवम् बैंकिङसम्बन्धी कार्यमा कमी आउँदै गएको परिप्रेक्ष्यमा प्रदेशस्थित कार्यालयहरूलाई अध्ययन, अनुसन्धान, वित्तीय संस्थाको सुपरिवेक्षण तथा निगरानी, वित्तीय सचेतना तथा ग्राहक संरक्षणलगायतका विषयहरूमा केन्द्रित गर्दै लानुपर्नेछ । यसका लागि प्रदेशस्थित कार्यालयहरूमा थप भौतिक पूर्वाधारको निर्माण एवम् विद्यमान पूर्वाधारको स्तरोन्नति गर्दै जनशक्तिको क्षमता विकास गर्नुपर्नेछ ।
बैंकको भौतिक संरचना निर्माणलाई थप गति दिनुपर्नेछ । बालुवाटार तथा थापाथलीस्थित भवनहरू पुनरनिर्माण भई हस्तान्तरण भएको छ । उक्त भवनहरूको आन्तरिक सजावटको काम सम्पन्न गरी यथाशक्य चाँडो बैंक परिसरभन्दा बाहिर रहेका विभागहरूलाई स्थानान्तरण गर्नुछ । भक्तपुरको सानोठिमी र कर्णाली प्रदेशको सुर्खेतस्थित जग्गामा स्वीकृत गुरु योजना अनुसारको कार्यालय भवन निर्माण गर्नुछ । यसका साथै बैंकको विराटनगर, वीरगञ्ज तथा नेपालगञ्जका कार्यालय भवन जीर्ण रहेको अवस्थामा रणनीतिक योजनाबमोजिम आधुनिक भवन निर्माण गर्ने कार्य अगाडि बढाउनुछ ।
बैंकको काम कारबाहीलाई थप प्रभावकारी बनाउन केही विशिष्टीकृत संरचनाहरूको स्थापना गर्नुपर्नेछ । बैंकले सङ्कलन, प्रशोधन तथा प्रकाशन गर्ने सम्पूर्ण तथ्याङ्कसम्बन्धी कार्यहरूलाई एकीकृत गरी तथ्याङ्क विभाग बनाउनुपर्ने छ । यस सम्बन्धमा सुरुमा तथ्याङ्क महाशाखा स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेकोमा योजनामा रहे बमोजिम निकट भविष्यमै उक्त महाशाखा सञ्चालनमा ल्याउनुपर्ने छ । त्यसैगरी, बढ्दो सूचना प्रविधि एवम् साइबर सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन गर्नका लागि समेत बैंकभित्र छुट्टै संयन्त्र स्थापना गर्नुपर्ने देखिएको छ।