ई-आर्थिक, काठमाडौं । शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको हल्का धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
आजकै दिन ०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो ।