२०८३ भाद्र २९ सोमबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, बैशाख ११ २०८२
6.8K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा फेरी सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ सयले बृद्धी भएको छ । केहीदिनदेखि एतिहासिक रेकर्ड कायम भएको सूनमा थोरैले बढोत्तरी भएको हो । आज चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार १० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुग्ने व्यवसायीहरुले बताए ।

विश्वव्यापी रुपमा आर्थिक मन्दीकाकारण पनि सुनको मूल्यले आकाश छोएको व्यवसायीहरुले बताए । लगानीको क्षेत्रमा कमी हुदा तथा सुनमा लगानी सुरक्षित हुनेहुदाँ पनि सुनको मूल्य घटबड भएको व्यवसायी बताउछन् ।

त्यस्तै अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको आकंलन गर्न सकिन्छ ।

निरन्तर बढेको सुनको मूल्य ह्वातै घट्यो, तोलामै ७५ सयले घटेर एक लाख ९० हजार ४ सय कायम

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij