ई-आर्थिक, काठमाडौं । निरन्तर एतिहासिक रेकर्ड कायम राखेको सुनको मूल्यमा आज भारीमात्रामा गिरावट आएको छ । आज सुन प्रतितोला ७ हजार ५ सयले घटेको हो ।
बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।
सोमबार सुनको मूल्य एक लाख ९१ हजार रूपैयाँ थियो भने मंगलबार सुन तोलामा ६ हजार ९ सयले बढेर प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज बुधबार प्रतितोला ५ रूपैयाँले घटेको छ। चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ६५ रूपैयाँ तोकिएको महासंघले बतायो ।
बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको थियो । बजारमा निरन्तर उचाइतर्फ लागेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च रहदै प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँ कायम भएको हो । ।
विश्वव्यापी रुपमा आर्थिक मन्दीकाकारण पनि सुनको मूल्यले आकाश छोएको व्यवसायीहरुले बताए । लगानीको क्षेत्रमा कमी हुदा तथा सुनमा लगानी सुरक्षित हुनेहुदाँ पनि सुनको मूल्य घटबड भएको व्यवसायी बताउछन् ।
त्यस्तै अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको आकंलन गर्न सकिन्छ ।