२०८३ असोज ३ शनिबार

सानिमा बैंकले ग्राहकले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने

ई आर्थिक    आइतबार, चैत्र २४ २०८१
2.5K
Shares
सानिमा बैंकले ग्राहकले  भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने

ई-आर्थिक, काठमाडौं ।  सानिमा बैंकले ग्राहकहरूलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच मेडिकल एण्ड डायग्नोस्टिकसँग सहकार्य गरेको छ।

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको एपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको एपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ एपोलो अस्पताल र चेन्नईमा रहेको एपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ।

ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच मेडिकल एण्ड डायग्नोस्टिकलाई जानकारी गराउनु पर्नेछ। सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२६ वटा एटिएमहरू सञ्चालनमा रहेका छन्। बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij