२०८३ साउन ९ शनिबार

बैंकिङ प्रणालीबाट ३० अर्बको खिच्दै राष्ट्र बैंक, आजै बोलकबोल

ई आर्थिक    बुधबार, चैत्र १३ २०८१
3.3K
Shares
बैंकिङ प्रणालीबाट ३० अर्बको खिच्दै राष्ट्र बैंक, आजै बोलकबोल

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज थप ३० अर्ब तरलता खिच्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै बुधबार ३० अर्ब खिच्ने भएको हो । केन्द्रीय बैंकले २१ दिने अवधिका लागि खिच्न लागेको जनाएको हो । यसका लागि बैंकले मध्यान्ह ३ बजे अनलाइन बोलकबोल गर्न सकिने जनाएको छ ।

२१ दिन अवधिको निक्षेप संकलन उपकरणको २०८२  बैशाख ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन्।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न चैत्र १० गते २० अर्ब  चैत्र ०६ गते २५ अर्ब बजारबाट खिचेको थियो ।

त्यस्तै, केन्द्रीय बैंकले चैत्र ३ गते ४० अर्ब तरलता प्रशोचन गरेको थियो भने राष्ट्र बैंकले फागुन २५ गते ५० अर्ब खिचेको थियो । साथै यसअधि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले फागुन २५ गते २५ अर्ब खिचेको थियो भने फागुन २१ गते ५० अर्ब, फागुन १८ गते २५ अर्ब खिचेको थियो । फागुन १३ गते २५ अर्ब खिचेको राष्ट्र बैंकले क्रमश फागुन ११ गते ३० अर्ब , फागुन ०६ गते ४० अर्ब र फागुन ३ गते ४० अर्ब , माघ ३० गते ६० अर्ब, माघ २३ गते थप ३५ अर्ब रुपैयाँ तरलता खिचेको थियो । साथै केन्द्रीय बैकंले माघ १५ गते थप ३० अर्व तथा माघ १३ गते ४० अर्ब र माघ ९ गते ९० अर्ब तथा माघ ६ गते केन्द्रीय बैंकले ६० अर्ब खिचिसकेको छ ।

बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा अधिक तरलता देखिदै आएको बैंकरहरु बताउछन् ।

निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको १२ चैतको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा रहेको अधिक तरलता केन्द्रिय बैंकले खिचेको बक्यौता रकम २ खर्ब ६ अर्ब २० करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij