२०८३ साउन ९ शनिबार

सुनको मूल्यमा एतिहासिक रेकर्ड, कतिमा हुदै कारोबार ?

ई आर्थिक    शुक्रबार, चैत्र १ २०८१
4K
Shares
सुनको मूल्यमा एतिहासिक रेकर्ड, कतिमा हुदै कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्यले आज एतिहासिक रेकर्ड कायम गरेको छ । आज शुक्रबार सुनको मूल्य  एकैपटक मूल्य ४ हजार रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ।   गत बुधबार सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो।  साथै फागुन १३ गते १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो।

शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij